‘बातलाबा’मा सिर्जनासँगै जनकवि गाेकुलकाे सम्झना
काठमाडौं । बातलाबाले शनिबार भर्चुअल कार्यक्रम गरेको छ । बातलाबाको १३ औं शृङ्खलामा जनकवि गोकुल जोशीका कविता र क्रान्तिकारिताका विषयमा परिचर्चा गरिनुका साथै सात प्रदेशका १६ कविले कविता वाचन गरेका थिए ।
जनकवि जोशीका कवितामा क्रान्तिकारिताका विषयमा बोल्दै प्रगतिशील लेखक संघ (प्रलेस)का पूर्वअध्यक्ष मातृका पोखरेलले जोशीको जीवन संघर्ष, सिर्जनाका पक्ष र राजनीतिक चेतका विषयमा आफ्ना धारणा राखेका थिए । ‘प्रगतिवादी साहित्यमा गोकुल जोशी महत्वपूर्ण साहित्यकार हुन् । आफू बाँचेको समय अभाव, गरिबी, अशिक्षा र अन्धविश्वासको अँध्यारोमा जकडिएको भए पनि जोशीले साम्राज्यवाद एवं विस्तारवादका साथै नेतृत्वको स्खलनलाई त्यत्तिबेलै प्रहार गरेका थिए’ पोखरेलले भने, ‘तर उनीलगायत थुप्रै प्रगतिवादी लेखक कलाकारहरु सत्ताबाट लखेटिइरहे ।’
त्यस्तै जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्रीले प्रगतिवादी सांस्कृतिक चेतसहितको लेखकीय विकासका लागि बातालाबाले महत्वपूर्ण भूमिका खेलिरहेको चर्चा गरे । प्रगतिगमनका विरुद्ध सर्जकको आन्दोलन नै सिर्जना भएकाले त्यसलाई निस्फिक्री फक्रिन दिनुपर्नेमा सहयात्रीले जोड दिए ।
भर्चुअल कार्यक्रममा समालोचक प्रा.डा. रमेशराज भट्टराईले माक्र्सवादी सिर्जनाकर्म कहिल्यै सुस्ताउन नहुने भन्दै बदलिँदो समयक्रमसँगै लेखकीय दायरा पनि फराकिलो बनाउँदै जानुपर्ने चुनौती देखिएको बताए । ‘राजनीति गलत बाटोमा लागेको छ’ प्रा.डा. भट्टराईले भने, ‘साहित्य पनि राजनीतिबाटै निर्देशित हुने विषय हो, तर माक्र्सवादी सर्जकहरुलाई सुस्ताउने र गलत बाटो हिड्ने छुट छैन ।’ माक्र्सवादी सौन्दर्यशास्त्रमा केन्द्रित रहेर अध्ययन र अनुसन्धानलाई शक्तिशाली बनाएमा मात्र उच्चस्तरको सिर्जना गर्न सकिने उनको भनाइ थियो ।
भर्चुअल कार्यक्रममा डा. कृष्णराज अधिकारी, प्रथा, सुमित्रा चेली बाङ्देल, रामहरि श्रेष्ठ, लोक लामा, कौशिला रिसाल, जीवन स्पर्शी, ईश्वरी रिजाल ‘उत्कापात’, जनक रसिक, प्रेमिला राई, आकाश अधिकारी, भीम कुमाखी, नवीन लोचनमगर, रियल अनालाइसिस, रवीन तिम्सिना र रमा शर्मा ढकालले समसामयिक विषयमा कविता वाचन गरेका थिए ।
अखिल नेपाल लेखक संघका अध्यक्ष केशव सिलवालको अध्यक्षता रहेको कार्यक्रममा कवि स्वप्निल स्मृतिले बातलाबा कार्यक्रमका सन्दर्भमा प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए । कला साहित्यमा नयाँ ढंगले बहस छेड्न बातलाबा सुरु गरिएको सिलवालको भनाई छ । कार्यक्रमको सहजीकरण गर्दै कवि पारस ढकालले कलाका विविध विद्या र प्रगतिवादी साहित्यलाई अझ धारिलो बनाउन बातलाबाले भूमिका खेलेको बताए ।
तिजको रौनक बढाउँदै प्रेम संगमको ‘मै कस्ती भाकि छु’ सार्वजनिक
टेकमन बिष्ट क्षेत्री,साउन १८,रोल्पा — प्रेम संगमको शब्दमा तिज गीत ‘मै कस्ती भाकि छु’ भन्ने नामक गित(भिडियोसहित) सोमबार सार्वजनिक गरिएको छ
सुनछहरी झरनाको प्रारम्भिक उचाइ २१९ मिटर, विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक
हर्क घर्ती मगर,असार २८,रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–४ सिउरीमा अवस्थित प्रसिद्ध सुनछहरी झरनाको प्रारम्भिक उचाइ २१९ मिटर रहेको तथ्य
थबाङ गाउँपालिकाले जलजला मेला पूजा व्यवस्थापनका लागि गोप्य शिलबन्दी दरभाउ आह्वान
टेकमन बिष्ट असार २५, रोल्पा । रोल्पाको थबाङ गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालन हुने जलजला मेला पूजा व्यवस्थापन का लागि गोप्य

प्रतिक्रिया दिनुहोस