• मंगलबार-५-२-२०८३/ 18-Tuesday-2026
  • 03:59:01

सुनछहरीमा पाँच दिन विद्यालय बन्द रहने

जलजला प्रेस,भदै १,रोल्पा — 

सुनछहरी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

सुरक्षित रहौं, सावधानी अपनाऔं”

गाउँपालिकाले सोमबार जारी गरेको सूचनाअनुसार साउन २८ गतेदेखि निरन्तर भइरहेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट सुनछहरी गाउँपालिका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। हालसम्म बाढी तथा पहिरोका कारण ७ जनाको मृत्यु र १ जना घाइते भएको तथा सयौँ पशुचौपाया मरेको गाउँपालिकाले जनाएको छ ।

बाढी तथा पहिरोका कारण गाउँपालिका क्षेत्रका सयौँ घर तथा विद्यालयसमेत उच्च जोखिममा रहेका छन् । सडक तथा पैदलमार्ग अवरुद्ध हुँदा आवतजावतमा समेत गम्भीर समस्या उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै थप जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

गाउँपालिकाका अनुसार भदौ १ गते सोमबारदेखि भदौ ५ गते शुक्रबारसम्म सुनछहरी गाउँपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन तथा नियमित शैक्षिक गतिविधि बन्द रहनेछन् ।

यस अवधिमा निरन्तर वर्षा भइरहेकाले बाढी, पहिरो, खोलानाला तथा जोखिमयुक्त स्थानमा सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक आवतजावत नगर्न गाउँपालिकाले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित विद्यालयहरूले विद्यार्थी तथा अभिभावकलाई सूचना सम्प्रेषण गरी आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

रोल्पा अस्पतालमा एक महिनादेखि अवरुद्ध शल्यक्रिया सेवा सुचारु

०१ भदौ, रोल्पा । रोल्पा अस्पतालमा गएको एक महिनादेखि अवरुद्ध रहेको जटिल प्रसुती सेवा तथा सामान्य शल्यक्रिया सेवा पुनः सुचारु भएको छ । निक साइमन

रोल्पाको राङ्सीमा वन्यजन्तुको आतंक, किसानको मकैबालीमा क्षति

लोकेन्द्र के:सी ,साउन ३१ । रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सीमा वन्यजन्तुको आतंकका कारण किसान समस्यामा परेका छन् । दिउँसोको समयमा बाँदर र

रोल्पाको इतिहास समेटिएको पुस्तक ‘रोल्पाको इतिहास’ सार्वजनिक

टेकमन बिष्ट क्षेत्री,साउन ३१,रोल्पा । रोल्पा जिल्लाको ऐतिहासिक पृष्ठभूमि, राजनीतिक घटनाक्रम तथा सामाजिक–आर्थिक अवस्थालाई समेटिएको ‘रोल्पाको