सुनछहरीका विभिन्न वडामा बाढी–पहिरोले ठूलो क्षति, चार जनाको मृत्यु
जलजला प्रेस,साउन २९,रोल्पा —
रोल्पाको सुनछहरी गाउँपालिकाका विभिन्न वडामा गएराति परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोले ठूलो क्षति पुर्याएको छ । पहिरोका कारण घरहरू जोखिममा परेका छन् भने विद्युत् लाइन, कच्ची पुल तथा सामुदायिक संरचनामा समेत क्षति पुगेको छ ।
सुनछहरी गाउँपालिका–१ सेरमको घुसबाङ–छनबाङ टोलमा पहिरोका कारण १५ घर उच्च जोखिममा परेका छन् । पहिरोले स्थानीय ऋषि घर्ती मगरको घर पूर्ण रूपमा क्षति भएको वडा अध्यक्ष धवेन्द्र मगरले जानकारी दिनुभयो । जोखिममा रहेका १५ घरपरिवारलाई तत्काल सुरक्षित स्थान डाङडुमा सारिएको उहाँले बताउनुभयो । घुसबाङ–छनबाङ क्षेत्रमा २२ केभी विद्युत् लाइनमा समेत क्षति पुगेको छ । सोही क्षेत्रमा रहेको कच्ची पुल बाढी तथा पहिरोले बगाएको छ भने टोल विकास संस्थाको भवनमा पनि क्षति पुगेको छ । उक्त भवनमा स्थानीय कृषकले उत्पादन गरेको मकै राखिएको बताइएको छ ।
यसैबीच, सुनछहरी गाउँपालिका–२ भित्री गामका दुई स्थानमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७७ वर्षीय विरु घर्ती मगर, उहाँकी ६८ वर्षीया श्रीमती सनी घर्ती मगर ,छिमेकी ७० वर्षीया लली घर्ती मगर,६४ वर्षीया लामी घर्ती मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतकको शव फेला पार्नुका साथै घटनास्थलमा उद्धार तथा पहिरो हटाउने कार्य स्थानीयवासी र प्रहरीको सहयोगमा भइरहेको छ ।
यस्तै, सुनछहरी गाउँपालिका–४ सिउरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका दुईवटा शौचालयसमेत पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष हर्कराम बुढा मगरले जानकारी दिनुभयो । सुनछहरी–१ सेरमको बैमा गहठन भीरका विभिन्न स्थानमा समेत पहिरो गएको छ । सेरमकै फुलिबनमा पहिरोका कारण एउटा घर जोखिममा परेको स्थानीय दिलमाया घर्ती मगरले जानकारी दिनुभयो । कतिपय स्थानमा अझै पहिरो खसिरहेको उहाँले बताउनुभयो ।
लगातारको वर्षाका कारण गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । जिल्लाका जोखिमयुक्त क्षेत्रमा खोज, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणको काम भइरहेको प्रहरीले जनाएको छ । वर्षाका कारण भएको क्षतिको थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।
सुनछहरीमा पाँच दिन विद्यालय बन्द रहने
जलजला प्रेस,भदै १,रोल्पा — सुनछहरी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिनका
रोल्पाको राङ्सीमा वन्यजन्तुको आतंक, किसानको मकैबालीमा क्षति
लोकेन्द्र के:सी ,साउन ३१ । रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सीमा वन्यजन्तुको आतंकका कारण किसान समस्यामा परेका छन् । दिउँसोको समयमा बाँदर र
रोल्पाको इतिहास समेटिएको पुस्तक ‘रोल्पाको इतिहास’ सार्वजनिक
टेकमन बिष्ट क्षेत्री,साउन ३१,रोल्पा । रोल्पा जिल्लाको ऐतिहासिक पृष्ठभूमि, राजनीतिक घटनाक्रम तथा सामाजिक–आर्थिक अवस्थालाई समेटिएको ‘रोल्पाको

प्रतिक्रिया दिनुहोस