• सोमबार-५-१-२०८३/ 17-Monday-2026
  • 03:36:09

थबाङ गाउँपालिकाले जलजला मेला पूजा व्यवस्थापनका लागि गोप्य शिलबन्दी दरभाउ आह्वान

टेकमन बिष्ट असार २५, रोल्पा  

रोल्पाको थबाङ गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालन हुने जलजला मेला पूजा व्यवस्थापन का लागि गोप्य शिलबन्दी दरभाउपत्र आह्वान गरेको छ । गाउँपालिकाले प्रकाशित गरेको सूचनाअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनबमोजिम आर्थिक वर्ष २०८३/८४ का लागि उक्त सेवा व्यवस्थापन गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट गोप्य शिलबन्दी दरभाउपत्र माग गरिएको हो ।

सूचनाअनुसार TRM-ROLPA/W/SO/9/2082/083 नम्बरको ठेक्काअन्तर्गत जलजला मेला पूजा व्यवस्थापन कार्यका लागि न्यूनतम कबोल अंक रु १५,००,००० (पन्ध्र लाख रुपैयाँ) तोकिएको छ। दरभाउपत्र फारामको दस्तुर रु १,००० (एक हजार रुपैयाँ) निर्धारण गरिएको छ भने धरौटी रकम कबोल अंकको ५ प्रतिशत राख्नुपर्ने व्यवस्था गरिएको छ। गाउँपालिकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र प्रशासन शाखाबाट तोकिएको दस्तुर तिरी दरभाउपत्र फाराम खरिद गर्न सकिने जनाएको छ ।

इच्छुक दरभाउदाताले फारामसँगै फर्म दर्ता नवीकरण प्रमाणपत्र, प्यान/भ्याट दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर तथा आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्र को प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने उल्लेख गरिएको छ। दरभाउपत्र सूचना प्रकाशित भएको ८औँ दिन दिउँसो १२ बजेभित्र गाउँपालिकामा बुझाइसक्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे उपस्थित दरभाउदाताहरू वा तिनका प्रतिनिधिको उपस्थितिमा दरभाउपत्र खोलिने गाउँपालिकाले जनाएको छ। ठेक्का अवधि २०८३ श्रावण पूर्णिमादेखि २०८४ असार मसान्तसम्म रहनेछ। स्वीकृत ठेक्का रकम दुई किस्तामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ, जसअनुसार पहिलो किस्तामा ६० प्रतिशत र अन्तिम किस्तामा ४० प्रतिशत रकम बुझाउनुपर्ने सूचनामा उल्लेख छ । थप जानकारीका लागि थबाङ गाउँपालिकाको कार्यालय वा सूचनामा उल्लेखित सम्पर्क नम्बर तथा इमेलमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

तिजको रौनक बढाउँदै प्रेम संगमको ‘मै कस्ती भाकि छु’ सार्वजनिक

टेकमन बिष्ट क्षेत्री,साउन १८,रोल्पा — प्रेम संगमको शब्दमा तिज गीत ‘मै कस्ती भाकि छु’ भन्ने नामक गित(भिडियोसहित) सोमबार सार्वजनिक गरिएको छ

सुनछहरी झरनाको प्रारम्भिक उचाइ २१९ मिटर, विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

हर्क घर्ती मगर,असार २८,रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–४ सिउरीमा अवस्थित प्रसिद्ध सुनछहरी झरनाको प्रारम्भिक उचाइ २१९ मिटर रहेको तथ्य

सुनछहरीको काखबाट चौरी बुकी (चुङरी लेक) सम्म: ओझेलमा परेको एउटा लोभलाग्दो ट्रेकिङ गन्तव्य

जुनिश कुमार बिष्ट,असार २५,रोल्पा । ​रोल्पाको सुदूर कुना, जहाँ प्रकृतिको सुनौलो किरण सबैभन्दा पहिले ओर्लिन्छ— त्यो हो सुनछहरी । जैविक विविधता, मगर र