• सोमबार-५-१-२०८३/ 17-Monday-2026
  • 03:36:38

रोल्पाको राङ्सीमा वन्यजन्तुको आतंक, किसानको मकैबालीमा क्षति

लोकेन्द्र के:सी ,साउन ३१ ।

रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सीमा वन्यजन्तुको आतंकका कारण किसान समस्यामा परेका छन् ।

दिउँसोको समयमा बाँदर र रातको समयमा डुम्सीलगायत वन्यजन्तु खेतबारीमा पस्दा पाक्न लागेको मकै तथा अन्य बालीमा क्षति पुगेको किसानहरूले बताएका छन् ।

विशेषगरी जंगल नजिकका बारीमा बाँदरले मकै खाने, उखेल्ने तथा भाँचेर नष्ट गर्ने गरेको स्थानीयको भनाइ छ। बाँदरलाई धपाए पनि केही समयपछि पुनः फर्किएर बालीमा क्षति पुर्‍याउने गरेको किसानहरूले बताएका छन् ।

त्यस्तै, रातको समयमा डुम्सीले मकै तथा अन्य बाली खाने गरेको र खरायोले सिमी लगायतका तरकारीबालीमा क्षति पुर्‍याउने गरेको स्थानीयले बताएका छन् । केही क्षेत्रमा मृगसमेत खेतबारीमा पस्ने गरेको बताइएको छ ।

वन्यजन्तुको क्षतिसँगै पछिल्लो समय आएको हावाहुरीले मकैका बोट ढलाउँदा किसान थप मारमा परेका छन् । वर्षभरिका लागि जोहो गर्ने अन्नसमेत जोगाउन मुस्किल भएपछि किसानहरू चिन्तित बनेका छन् ।

स्थानीयका अनुसार राङ्सीका भीमप्रकाश खत्री, लङ्कबहादुर खत्री, मनसराम खत्रीलगायत किसानको बारीमा बाँदरले क्षति पुर्‍याएको छ। भल्टुङ क्षेत्रका केही किसानको बालीमा समेत वन्यजन्तुले क्षति गरेको बताइएको छ ।

लगातार बालीमा क्षति हुन थालेपछि किसानहरू कृषिकर्मप्रति नै निराश हुन थालेका छन्। उनीहरूले परिवर्तन गाउँपालिका र सम्बन्धित निकायलाई स्थलगत अनुगमन गरी क्षतिको वास्तविक विवरण संकलन गर्न तथा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन उपाय अपनाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सुनछहरीमा पाँच दिन विद्यालय बन्द रहने

जलजला प्रेस,भदै १,रोल्पा —  सुनछहरी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिनका

रोल्पाको इतिहास समेटिएको पुस्तक ‘रोल्पाको इतिहास’ सार्वजनिक

टेकमन बिष्ट क्षेत्री,साउन ३१,रोल्पा । रोल्पा जिल्लाको ऐतिहासिक पृष्ठभूमि, राजनीतिक घटनाक्रम तथा सामाजिक–आर्थिक अवस्थालाई समेटिएको ‘रोल्पाको

कोटलबाराका पहिरोपीडितलाई विभिन्न निकायबाट राहत वितरण

टेकमन बिष्ट क्षेत्री,साउन ३१,रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा गएको विनाशकारी पहिरोबाट प्रभावित परिवारलाई विभिन्न संघसंस्था तथा